post-slider post-slider

अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

Image
A A

काठमाडौं- साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई फराकिलो अन्तरले पराजित गरेको छ।

शनिबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। त्यस्तै अब्दुलरहमान घरिब र ओटाभियोले एक-एक गोल गरेका थिए।

त्यसैगरी, अल टाइका भिर्गिल मिसिडजानले एक गोल फर्काएका थिए।

यस खेलमा अल टाइका भिर्गिल मिसिडजानले खेलको ३६औं मिनेटमा रातो कार्ड पाएपछि अल टाई १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि अल नासरको २५ खेलमा ५९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अल हिलालभन्दा अल नासर १२ अंकले पछाडि रहेको छ।

त्यसैगरी, अल टाईको भने २५ खेलमा २२ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ।

Tags: