post-slider post-slider

स्रोत नखुलेको १० लाखसहित सिरहाबाट एक पक्राउ

Image
A A

सिरहा, चैत ९- सिरहाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँफालिका वडा नम्बर ६ सीतापुरका ३० वर्षीय मुकेशकुमार साह रहेका छन्।

उनलाई लहान नगरपालिका-१ गोलचक्करबाट बिहीबार दिउँसो पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए।

मोटरसाइकलमा सवार उनलाई इलाका प्रहरी कार्यालय लहान र जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले पक्राउ गरेको हो।

उनको साथबाट १० लाख १ हजार ६३० रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको पाण्डेले बताए।

शंका लागेर प्रहरीले उनको शरीर तलासी लिएको थियो। त्यसक्रममा उनको साथबाट स्रोत नखुलेको रकम बरामद भएको हो।

साहलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।

Tags: