post-slider post-slider

सनराइजर्ससँग हार्‍यो दिल्ली क्यापिटल्स

Image
A A

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ६७ रनले पराजित गरेको हो। सनराइजर्सले दिएको २६७ रनको विशाल लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अल आउट हुँदै १९९ रन बनाएको थियो।

यसअघि ट्राभिस हेडको आक्रामक ३२ बलमा ८९, अभिषेक शर्माको १२ बलमा ४६ शहबाज अहमदको ५९ तथा नितिश रेड्डीको ३७ रनको मद्धतले सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउदै २६६ रन बनाएको थियो।

यो जितपछि सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। सनराइजर्सको ७ खेलमा ५ जित र २ हारसहित १० अंक भएको छ।

त्यसैगरी, दिल्ली क्यापिटल्सको भने ८ खेलमा ३ जित र ५ हारसहित ६ अंक रहेको छ र अंकतालिकामा सातौं स्थानमा छ।
 

Tags: