post-slider post-slider

नोबेल अस्पतालकी नर्सको हत्या गरे भागेका प्रेमी होटलमा भेटिए मृत

Image
A A

विराटनगर, चैत ५ - नोबेल अस्पताल विराटनगरमा कार्यरत् नर्सको हत्यामा आशंका गरिएका प्रेम मृत अवस्थामा भेटिएका छन्।

सिरहा फुल्काहकट्टी घर भएका २२ वर्षीय शिवशंकर दास आइतबार राति होटलमा मृत फेला परेका हुन्।

नोबेल अस्पताल अगाडिको होटल फाइनको कोठा नम्बर २ मा दास आइतबार राति पौने १० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन्।

‘कोठामा भित्रबाट चुकुल लगाएर फेनमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले भने।

सिरहा फुल्काहकट्टी नै घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको गत शुक्रबार हत्या भएको थियो। नोबेल अस्पतालमा कार्यरत् चन्द्रिकाको उनी बस्ने कोठाको बाथरुममा शव फेला परेको थियो।

घटनाको अनुसन्धान गर्दै जाँदा चन्द्रिकालाई प्रेमी शिवशंकरले हत्या गरेको खुलेको थियो।

चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित धिरेन्द्र गिरीको घरमा कोठा भाडामा बस्दै आएकी थिइन्। उनी दुई महिनायता नोबेल अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत् गिइन्।

उनको घाँटीलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भेटिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा शिवशंकरले उनको हत्या गरेको पत्ता लगाएपछि प्रहरी उनको खोजीमा थियो।

अनुसन्धानका क्रममा शिवशंकरलाई अनेक तरिकाले ‘ट्रयाक’ गरिएको दाहालले बताए। तर, उनी कहिले भारत, कहिले कता छु भन्दै प्रहरीसँग छलिइरहेका थिए।

प्रहरीले खोजी तीव्र पार्ने क्रममा शिवशंकरले होटलमा गएर आत्महत्या गरेको दाहालले बताए।

उनले किन चन्द्रिकाको हत्या गरे भन्ने पाटोबारे अनुसन्धान भइरहेको थियो।

‘दुबै जनाको मृत्यु भएपछि यसको अनुसन्धानले अर्कै मोड लिएको छ,’ दाहालले भने।

Tags: