post-slider post-slider

आयल निगमले बढायो पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ

Image
A A

काठमाडौं- नेपाल आयल निगमले  पेट्रोलको भाउ बढाएको छ।

सोमबार बिहान १ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको हो।

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रुपैयाँ बढाएको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा मूल्य बढाएको छ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा बढाएर पठाएको थियो। 

तर, ग्यास, डिजेल, मट्टीतेलको भाउ भने यथावत् राखिएको छ। आइओसीले  डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

ग्यासमा घाटा रहेको भए पनि निगमले मूल्य यथावत् राखेको छ। 

अबको नयाँ मूल्यअनुसार चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोल १७२ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्छ।

सुर्खेत र दाङ क्षेत्रमा १७४ रुपैयाँ र काठमाडौं, पोखरा र दीपायलमा  १७५ रुपैयाँ प्रतिलिटर पर्नेछ।

Tags: