post-slider post-slider

नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह पक्राउ

Image
A A

काठमाडौं- नेशनल मेडिकल कलेज वीरगन्जमा प्रहरी र वीरगन्ज महानगरपालिकाको टोलीले छापा मारेको छ।

म्याद गुज्रिएका औषधी बिक्री-वितरण गरेको पाइएपछि सोमबार दिउँसो प्रहरी र महानगरको टोलीले छापा मारेको हो।

यस क्रममा कलेजका प्रवन्ध निर्देशक सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ल्याब र फार्मेसीमा म्याद गुज्रिएका औषधी बिक्री र प्रयोग गरिरहेको सूचना पाएपछि प्रहरी र  महानगरपालिकाको संयुक्त टोलीले कलेजमा छापा मारेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।

औषधी के कति मात्रामा बरामदबारे लेखाजोखा भइरहेको ढुंगेलले बताए।

Tags: