post-slider post-slider

राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्रमा तनाव

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौंको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ।

भृकुटीमण्डपबाट सुरू भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ।

प्रहरीले अहिले सिंहदरबार नजिक पुगिसकेका राप्रपाका प्रदर्शनकारीलाई भद्रकालीतर्फ फिर्ता गरेको छ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्ति सुरक्षा कायम राख्नका लागि काठमाडौं उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।  

राप्रपाले व्यवस्था परिवर्तनको माग राख्दै प्रदर्शन गरेको हो। 

राप्रपाले गणतन्त्र खारेज, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।

Tags: