post-slider post-slider

नाउपा सुदुरपश्चमिम दलका नेता चौधरी निलम्बित, सभामुखलाई पत्र पठाइयो

Image
A A

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन्।

पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई  ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन्। सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन्। 

चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ। अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन्। 

Tags: