post-slider post-slider

राष्ट्रपति चुरे कार्यक्रमका अधिकृत १ लाख २० हजार घुससहित पक्राउ

Image
A A

काठमाडौं- राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कैलाली कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार व्यवस्थापन अधिकृत प्रभात पाललाई घुस रकमसहित पक्राउ गरेको हो।

तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गर्ने भन्दै पालले सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ।

उनको साथबाट १ लाख २० हजार रुपैयाँ घुस रकम बरामद भएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले पाललाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको उनले बताए। उनको साथबाट १ हजार ५ रुपैयाँ स्रोत नखुलेको रकमसमेत बरामद भएको छ।

Tags: