post-slider post-slider

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

Image
A A

काठमाडौं-  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

महराले शुक्रबार मात्र बुहुमत (४४) सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

बिहीबार मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका थिए।

उनले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएका थिए। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका उनी केन्द्रमा नयाँ गठबन्धन बनेपछि अल्पमतमा परेका थिए।

Tags: