post-slider post-slider

रवि लामिछानेमाथि संसदीय छानबिन माग्दै सदनमा कांग्रेसको विरोध

Image
A A

काठमाडौं, चैत १८-  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर संसद बैठक अवरुद्ध गरेको छ।

आइतबार सदन सुरू हुनासाथ यसअघिझैं कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए।

त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए।

उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन्।

Tags: