post-slider post-slider

दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

Image
A A

धनगढी- एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ। 

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्। 
 

Tags: