post-slider post-slider

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान चढेको कार दुर्घटना

Image
A A

काठमाडौँ - जनमत पार्टीका उपाध्यक्ष एवम् सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिसमेत रहेका खान लगायत बर्दिया जाने क्रममा धादिङमा दुर्घटना भएको बताइएको छ।

हाल सांसद खानसहित अन्य घाइतेको धादिङ जिल्ला राजमार्ग अस्पताल मलेखुमा भइरहेको र थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको बताइएको छ।

उनीसँग गाडीमा को-को थिए भन्ने स्पष्ट हुनसकेको छैन। 
 

Tags: