post-slider post-slider

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

Image
A A

वीरगन्ज- वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ।

झण्डै डेढ वर्षअगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो।

गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।

उनको साथबाट प्रहरीले लागुऔषध समेत बरामद गरेको बुझिएको छ। पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको ढुंगेलले बताए।

बब्लु पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा जेल बसेर छुटेका व्यक्ति हुन्। २०७९ असोज ३ गते काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए।

Tags: