post-slider post-slider

बाबुको दाहसंस्कार गरेर फर्किएका परिवारका पाँचै जना बिते दुर्घटनामा

Image
A A

काठमाडौं, चैत १७- काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेनमा गोरखा नगरपालिका–४ फिनामकी ७० वर्षीया जुनकिरी रोका, २८ वर्षीया हरिमाया रोका, २८ वर्षीया अन्जना रोका, ३५ वर्षीय अर्जुन सिर्मल, ८ वर्षीय आगमन उपरकोटी,  १८ वर्षीय विवश रोका रहेका छन्।

१८ वर्षका दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए। उनका अनुसार खोजी कार्य जारी राखिएको छ। 

ट्याक्सी चालक गोरखा नगरपालिकाकै ३५ वर्षका अर्जुन शिर्मल थिए।

चितवन प्रहरीका अनुसार उनीहरू काठमाडौंमा बाबुको दाहसंस्कार गरी गोरखामा किरिया पुत्री बस्न हिँडेका थिए।

शनिबार बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।

Tags: