post-slider post-slider

आइपिएल : कोलकोतामाथि चेन्नईको सहज जित

Image
A A

काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो।

कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन मात्र बनाएको थियो।

चेन्नईको यो जारी सिजनमा तेस्रो जित हो। ५ खेलमा ३ जित र २ हारसहित चेन्नईको ६ अंक भएको छ।

त्यस्तै, कोलकोताको भने यो पहिलो हार हो। ४ खेलमा ३ जित र एक हारसहित कोलकोताको ६ अंक रहेको छ।
 

Tags: