post-slider post-slider

पशुसेवा व्यवसायीहरूलाई अभिमुखीकरण

Image
A A

विराटनगर- विराटनगरमा शुक्रबार गते पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद त्रिपुरेश्वर काठमाडौंको आयोजनामा प्रदेशस्तरीय दर्ता हुनेवाला पशु स्वस्थ्य तथा पशु सेवा व्यावसायीहरूका लागि परिषद् सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले कार्यक्रमको उद्घाटन गर्दै  मुलुकमा समृद्धि हासिल गर्न कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण र बजार व्यवस्थापन गर्नुपर्ने बताए।

दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरूलाई उनले कृषि क्षेत्रमा प्रविधि र व्यावसायीककरण गर्न आवश्यक रहेको बताए।

उनले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ व्यावसायिक र कर्मचारीहरूको हितमा रहेको जनाउँदै कर्मचारी र व्यवसायीको माग आगामी दिनमा सम्बोधन हुँदै जाने बताए।

परिषदका उपाध्यक्ष जनकबहादुर रावलले किसानलाई गुणस्तरजन्य पशुजन्य उत्पादनमा ऐन सहयोगी भएको बताए।

परिषदका अध्यक्ष देवेन्द्र यादव, मन्त्रालयका सचिव लेखराज डा.लेखराज दाहाल ऐनले पाठ्यक्रम परिमार्जन, परीक्षा सञ्चालन, अनुगमन, आचारसंहिता पालन तथा अध्ययन अनुसन्धानमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

परिषदका रजिष्ट्रार पूर्णबहादुर बुढाले ऐनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेक थिए। गोष्ठी प्रदेशका १४ जिल्ला पशु स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारी एवम् व्यवसायीहरूको सहभागिता थियो।

Tags: