post-slider post-slider

आज तराईमा होली पर्व मनाइँदै

Image
A A

काठमाडौं-  आज तराईका जिल्लाहरूमा फागु अर्थात् होली पर्व मनाइँदैछ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।

रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ।

पहाडी तथा हिमाली जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट तराईमा होली पर्व मनाउने गरिन्छ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक-आपसमा खुसीयाली  प्रकट गर्न सामुहिक रूपमा भेला भएर रङ दलेर मनाउने गरिन्छ।

होलीमा प्रयोग गरिने रङहरूको आ-आफ्नै महत्व रहेको छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ।

पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो। भगवान गणेशलाई सबै रङ मन पर्ने तथा  रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ।

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजानिक विदा दिएको छ। 

 

Tags: