post-slider post-slider

नेपाल प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपी बढुवामा सिफारिस

Image
A A

काठमाडौं- नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवामा सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले बुधबार राति बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो।

बढुवा सिफारिस हुनेमा पहिलो नम्बरमा निर्मल पनेरू रहेका छन्। उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत् छन्।

दोस्रो नम्बरमा ऋषिराम घर्तीमगर रहेका छन्। उनी इलाका प्रहरी कार्यालय ठाडादह अर्घाखाँचीमा कार्यरत् छन्।

यस्तै, अन्य बढुवा सिफारिसमा पर्नेमा दीपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुषपेरसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल रहेका छन्।

यस्तै, योगेन्द्र तिमिल्सिना उपाध्याय, पुरुषोत्तम कार्की, हिरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलकुमार खड्का रहेका छन्।

बढुवा सिफारिसमा चित्त नबुझ्नेले उजुरी सुन्ने निकाय गुहार्न पाउने छन्।

Tags: