post-slider post-slider

बालुवाटारमा गठबन्धनको बैठक : लिखित सहमति नगरी निस्किए नेताहरू

Image
A A

काठमाडौं, फागुन २१ - बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठक सकिएको छ। नेताहरू बैठकबाट बाहिरिएर मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन निस्केका छन्।

सत्ता भागबन्डाबारे लिखित सहमति गर्न भनी बसेको बैठक सहमतिबेगर नै टुंगिएको हो।

बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी सहभागी थिए।

बैठकले संघसहित प्रदेशसमेतमा भागबन्डा टुंगो लगाउने भनिएको थियो।

‘भागबन्डाको विषयमा छलफल भयो, तर लिखित सहमति भइसकेको छैन,’ एक नेताले भने।

नयाँ गठबन्धनले आज माओवादीबाट हितबहादुर तामाङ, एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई मन्त्री बनाउने निर्णय गरेको थियो।

Tags: