post-slider post-slider

एकै दिन सहकारीको मुख्य कार्यालय र शाखामा चोरी, सञ्चालक समितिको मिलेमतोको आशंका

Image
A A

लेटाङ- मोरङको लेटाङ नगरपालिका-२ मा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरी भएपछि सेयर सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन्।

एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएपछि सेयर सदस्यहरूले गम्भीर आपत्ति जनाएका हुन्।

सेयर सदस्य तथा स्थानीय संघ-संस्थाले ध्यानाकर्षण भएको भन्दै सत्य-तथ्य छानबिनका लागि सहकारीको सञ्चालक समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

सहकारीमा गत फागुन १५ गते राति १३ लाख चोरी भएको थियो।

‘एकीकृत जनभावना सहकारी मोरङको दोस्रो ठूलो सहकारी हुनु आफैंमा गौरवको कुरा हो, ज्ञापन पत्रमा भनिएको छ, सहकारी ऐन र मूल्य र मान्यतामा सहकारी नचल्नुमा हाम्रो आपत्ति छ,’ ज्ञापन पत्रमा भनिएको छ।

ठकुरी समाज महासंघका अध्यक्ष तथा सेयर सदस्य महेन्द्र ठकुरीले घटनालाई सञ्चालक समितिले मिलेमतो र राजनीतिक आडमा सामसुम पार्ने खेल गरिरहेको बताए।

उनले सत्य-तथ्य घटना बाहिर नल्याए दुर्घटनाको स्थिति निम्तिने उल्लेख गरे।

सेयर सदस्यहरूले घटनाबारे सोधखोज गर्दा सञ्चालक समितिले गैरजिम्मेवारीपन देखाउँदै, सिसिटिभी फुटेज गायब पारिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

Tags: