post-slider post-slider

रवि लामिछानेलाई कारबाही माग्दै कांग्रेसद्वारा प्रतिनिधिसभामा अवरोध

Image
A A

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ नेपाली कांग्रेसका सांसदहरूले उठेर संसदमा अवरोध गरेका हुन्। 

सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशीला थिङले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारबाही किन हुँदैन? भन्दै प्रश्न गरेकी छन्। उनले लामिछानेको ठाउँमा अरू भएको भए के हुन्थ्यो भन्दै प्रश्नसमेत गरेकी छन्।

सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारबाहीको दायरामा आउनुपर्ने माग उनले गरिन्।

सांसद थिङले सहकारी प्रकरणबारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णयसमेत संसदमा सुनाइएकी थिइन्। सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन्।

Tags: