post-slider post-slider

चितवनमा अस्पतालको टिकट लिन लाइनमा बसेका युवकको मृत्यु

Image
A A

चितवनः अस्पतालमा ओपिडी टिकट लिन लाइनमा बसेका एक युवकको मृत्यु भएको छ।

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पताल अगाडि रत्ननगर नगरपालिका-३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

थापामगर मुटु जाँचका लागि टिकट काट्न लाइनमा बसेका थिए। लाइनमा बसेका उनी अचानक ढलेका थिए। 

तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराए पनि उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीले जानकारी दिए। उनका अनुसार उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको थियो।

Tags: