post-slider post-slider

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

Image
A A

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२ लाख भारु जरिवाना गरिएको छ।

गएराति सम्पन्न पञ्जाव किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरीवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ।

कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पूरा गर्न सकेका थिएनन्। अब हार्दिकले फेरि यो गल्ती दोहोर्‍याएमा उनलाई यसभन्दा ठूलो जरिवाना हुने बोर्डले जनाएको छ।

यस सिजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना गरिसकिएको छ।

Tags: