post-slider post-slider

डोल्पामा आगो निभाउने क्रममा घाइते तीन नेपाली सेनाको मृत्यु

Image
A A

काठमाडौँ- डोल्पाको ठूलीभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको  छ। उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो। 

मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन्। यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो। 

रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो।

घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ। 

Tags: