post-slider post-slider

पशु खरिद-बिक्री गर्ने एप ‘पशु बजार’ सञ्चालनमा

Image
A A

काठमाडौं- नेपाली कृषि क्षेत्रमा समस्याहरू धेरै छन्। कतै बिचौलियाको दबदबा, कतै अनुदान दुरुपयोग, कतै बजारको अभावजस्ता धेरै समस्याले गर्दा किसानहरु टिक्ने अवस्था कमै हुन्छन्।

तर, अहिले बजारमा बिचौलियारहित ‘पशु बजार’ एप आएको छ। एन्ट्रोयडमा मात्रै उपलब्ध यस एपमार्फत् पशु किसानहरूले आफूले किन्न वा बिक्री गर्न चाहेको वस्तुभाउ सहजै खरिद–बिक्री गर्न सक्नेछन्। 

यसका सञ्चालक नवीन अधिकारीकाअनुसार वस्तुभाउ खरिद वा बिक्री गर्नुपर्‍यो भने एजेन्ट (मध्यस्थकर्ता) को सहयोग लिनुपर्ने हुन्छ। यसो गर्दा बस्तुभाउको मूल्य बढ्ने सम्भावना बढी हुन्छ। यी र यस्तै समस्याको समाधानको रुपमा ‘पशु बजार’ एप लन्च गरिएको अधिकारीले बताए।

छ वर्ष पहिले अष्ट्रेलियाबाट नेपाल आउँदा यो आइडिया फुरेको उनी बताउँछन्। पढाइको सिलसिलामा अष्ट्रेलिया पुगेका उनले आइटीमा मास्टर्ड गरेपछि उतै आइटी क्षेत्रमै काम गर्दै आइरहेका छन्।

झापा विर्तामोड निवासी अधिकारीले गाउँ घुम्ने क्रममा थाहा पाएअनुसार एउटै गाईवस्तुको खरिद-बिक्री गर्दा पाँच हजारसम्म कमिशन दिनुपर्ने रहेछ। त्यो घट्ना सुनेपछि बिचौलियाबिनै खरिद-बिक्री गर्नलाई नयाँ प्रविधिको खाँचो महसुस गर्दै यो एपको अवधारणामा काम गरेका हुन्। 

अष्ट्रेलियामा यस्तो काम गर्दा डलरमा कमाउन सके पनि उनले आफ्नो देशका किसानका लागि थोरै भए पनि सहयोग मिलोस् भनेर यो एपमा समय दिएका थिए। अहिले यो एप सञ्चालनमा छ। एपमा आफूसँग भएका कुनै पनि वस्तुभाउहरू जस्तै गाई, भैंसी, बाख्रा, खसी, बोका, सुंगुर लगायतका पशुवस्तु बिक्रीका लागि राख्न सकिन्छ। त्यस्तै यस्ता वस्तुभाउ आवश्यक परेका व्यक्तिले उक्त एपबाट बिक्रेता पहिचान गरी उसँग सोझै कुरा गर्न सक्छन्। यसका लागि अहिले कुनै शुल्क लाग्ने छैन। 

एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

Tags: