post-slider post-slider

आइपिएल : दिल्लीमाथि कोलकोताको फराकिलो जित

Image
A A

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

बुधबार राति सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो।

कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो।

यो आइपिएल इतिहासमा एक इनिङमा बनेको दोस्रो ठूलो टोटल हो। यसअघि यसै आइपिएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो।

यो जितपछि कोलकोता लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ।

Tags: