post-slider post-slider

पुटिनलाई चुनौती दिने घोषणा गरेकी पत्रकारलाई चुनाव लड्न प्रतिबन्ध

Image

काठमाडौं- रूसका राष्ट्रपति ब्लादिमीर पुटिनलाई चुनौती दिने घोषणा गरेकी रूसी पत्रकार एकातेरिना दन्तसोवा अब आगामी चुनावमा भाग लिन नपाउने भएकी छन्।

चुनावमा पुटिनलाई चुनौती दिने घोषणा गरेकी पत्रकार दन्तसोवालाई चुनाव लड्न प्रतिबन्ध लगाइएको हो।

उनले तीन दिन पहिले आगामी मार्चमा हुन लागेको राष्ट्रपति निर्वाचनमा भाग लिन मनोनयन दर्ता गराएकी थिइन्।

तर, रूसी चुनाव आयोगले निवेदनमा ‘गल्ती’ भएको भन्दै दन्तसोवाको उम्मेदवारीलाई अस्वीकार गरिदिएको छ।

चुनाव आयोगको यो निर्णयपछि उनी अब चुनावमा लड्न नपाउने भएकी छन्।

दन्तसोवा रूसी राष्ट्रपति पुटिनको कट्टर आलोचकका रूपमा परिचित छन्। 

‘चुनावमा पुटिनलाई कसैले चुनौती दिओस् भन्ने कैयौं रूसी नागरिकको चाहना थियो,’ उनले भनिन्।

युक्रेनसँग युद्ध सुरू भएयता रूसमा पहिलोपटक आमचुनाव हुन लागेको हो।

राष्ट्रपति पुटिनको वर्तमान चौथो कार्यकाल सन् २०२४ मा  सकिँदैछ।

 

Tags: