post-slider post-slider

आइपिएल: सनराइजर्समाथि गुजरात ७ विकेटले विजयी

Image
A A

काठमाडौं - इण्डियन प्रिमियर लिग अन्तर्गत गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ७ विकेटले पराजति गरेको हो।

सनराइजर्सले दिएको १६३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

गुजरातको जितमा साई सुदर्शनले सर्बाधिक ४५ रन बनाएका थिए भने डेभिड मिलरले अविजित ४४, कप्तान शुभमन गिलले ३६, रिद्धिमान शाहले २५ र विजय शंकरले अविजित १४ रन बनाएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। सनराइजर्सका लागि अभिषेक शर्मा र अब्दुल समादले सर्बाधिक २९-२९ रन बनाएका थिए ।

त्यस्तै, शहबाज अहमदले २२, ट्राभिस हेडले १९, मयंक अग्रवालले १६ र एडेन मर्क्रमले १७ रन बनाएका थिए।

गुजरातका बलर मोहित शर्माले सर्वाधिक ३ विकेट लिए भने अज्मतुल्लाह ओमारजाई, उमेश यादव, रसिद खान र नूर अहमदले एक एक विकेट लिएका थिए।

यो गुजरातको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो। यो जितपछि ३ खेलमा ४ अंक भएको छ र चौथो स्थानमा रहेको छ।

त्यस्तै, सनराइजर्सको भने यो तेस्रो खेलमा दोस्रो हार हो।

Tags: