post-slider post-slider

पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

Image
A A

काठमाडौं, फागुन ७ - पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका-१६ का प्रदीप कुमाल र १८ वर्षीय मनिष परियार छन्।

सोमबार बिहान ९ बजे पाल्पा माथागढी गाउँपालिका-५ मा लु२ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

रुपन्देही खैरेनीबाट माथागढी गाउँपालिका-५ स्थित घामिका ढुंगाखानीतर्फ गइरहेको टिपर दुर्घटना भएको श्रेष्ठले बताए।

दुर्घटनास्थलमा प्रहरी गएर अनुसन्धान गरिरहेको छ।  कुमाल टिपरका चालक र परियार सहचालक हुन्।

Tags: