post-slider post-slider

बार्सिलोनालाई हराउँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

Image
A A

काठमाडौँ - पिएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। 

गएराति सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै पिएसजीले समग्रमा ६-४ को जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले ३-२ को जित निकालेको थियो। 

बार्सिलोनाको घरेलु मैदानमा पिएसजीको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने ओसमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए। 

त्यसैगरी, बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए। यस खेलमा खेलको २९औं मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। 

अब सेमिफाइनलमा पिएसजीले जर्मनी क्लब बोरुसिया डोर्टमण्डको सामना गर्ने छ।  डोर्टमण्ड स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई गएराति नै ४-२ गोल अन्तरले पराजित गर्दै समग्रमा ५-४ को नतिजासहित सेमिफाइनलमा पुगेको छ। पहिलो लिगमा एटलेटिको २-१ ले विजयी भएको थियो। 
  

Tags: