post-slider post-slider

रवि लामिछानेविरूद्ध छानबिन समिति गठन नभए सदन चल्न नदिने कांग्रेसको चेतावनी

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले सदनबाटै गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको औचित्य स्थापित गर्ने निर्णय गरेको छ।

आइतबार काठमाडौंमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सदनमा गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय छानबिन समिति गठन अडान दृढतापूर्वक राख्दै सदनबाटै यसको औचित्य स्थापित गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

सरकारबाट कांग्रेसका मागहरूका विषयमा बेवास्ता भए संसद चल्न नदिने अवस्था आउन सक्ने र त्यसको जिम्मेवार सरकार हुने निचोड बैठकले निकालेको उनले बताए।

यसैबीच कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा उपनिर्वाचनका साथै पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल हुने नेताहरूले जनाएका छन्।

Tags: