post-slider post-slider

फेला पर्‍याे अर्को विशाल ब्ल्याक होल, 'सिल्पिङ ब्लाक हाेल' कस्ताे छ?

Image
A A

न्युयोर्क- खगोलविद्हरूले पृथ्वीबाट दुई हजार प्रकाश वर्षभन्दा कम दुरीमा एउटा ‘सुतिरहेको विशाल ब्ल्याक होल’ पत्ता लगाएका छन्।

खगोलविद्हरूले अन्तरिक्षमा असामान्य तर हल्का डगमगाएको पत्ता लगाएपछि आकाश गंगा ग्यालेक्सीमा सबैभन्दा ठूलो ज्ञात तारकीय ब्ल्याक होल भेट्टाएका हुन्।

‘जिएआइए बिएच ३ नामक  ‘स्लीपिङ जायन्ट’ हाम्रो सूर्यको भन्दा लगभग ३३ गुणा बढी द्रव्यमान छ र यो अक्विला तारामण्डलमा १,९२६ प्रकाश वर्ष टाढा अवस्थित छ, जसले यसलाई पृथ्वीको दोस्रो सबैभन्दा नजिकको ब्ल्याक होलको रूपमा लिन सकिन्छ,’ वैज्ञानिकहरूले भनेका छन्।

सबैभन्दा नजिकको ब्ल्याक होल जिएआइए बिएच ३ हो, जुन लगभग १५०० प्रकाश वर्ष टाढा अवस्थित छ र यसको द्रव्यमान हाम्रो सूर्यको भन्दा लगभग १० गुणा मात्रै ठूलो रहेको छ।

खगोलविद्हरूले वैज्ञानिक समुदायलाई आगामी डाटा रिलिजको लागि युरोपेली अन्तरिक्ष एजेन्सीको ग्याया स्पेस टेलिस्कोपको माध्यमबाट ब्ल्याक होल पत्ता लगाएका हुन्।

अन्वेषकहरूले केही फेला पार्ने आशा गरेका थिएनन् तर एक विचित्र गति नजिकैको जिएआइए बिएच ३ को गुरुत्वाकर्षण प्रभाव परिरहेको देखेपछि उनीहरूको आँखा एकटक भएका थिए ।

‘धेरै निस्क्रियू ब्ल्याक होलहरू पहिचान गर्न पर्याप्त नजिकको साथी हुँदैन, त्यसैले तिनीहरू पत्ता लगाउन धेरै गाह्रो हुन्छन् र कुनै प्रकाश उत्पन्न गर्दैनन्। तर अन्य तारकीय ब्ल्याक होलहरूले साथी ताराहरूबाट सिफन सामग्री र पदार्थको आदानप्रदानले चम्किलो एक्स किरणहरू जारी गर्दछ, जुन टेलिस्कोपहरू मार्फत देख्न सकिन्छ,’ युरोपियन ज्ञागा स्पेशका एक अधिकारीले भने।

अक्विला तारामण्डलमा पुरानो विशाल ताराको डगमगाउने हलचलले यो सुप्त ब्ल्याक होलको साथ कक्षीय नृत्यमा रहेको खुलासा गर्‍यो। र, यो गायाले देखेको तेस्रो यस्तो निष्कृय ब्ल्याक होल हो।

अन्वेषकहरूले चिलीको अटाकामा मरुभूमिमा रहेको युरोपेली दक्षिणी अब्जर्भेटरीको धेरै ठूलो टेलिस्कोप र अन्य भू-आधारित वेधशालाहरू प्रयोग गरी गाया बि ३ को द्रव्यमान पुष्टि गर्न प्रयोग गरेका थिए। र, तिनीहरूको अध्ययनले यस्तो विशाल ब्ल्याक होल कसरी भयो भन्ने नयाँ संकेतहरू पनि प्रदान गरेको छ।

यो निष्कर्ष मंगलबार एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको छ।

फ्रान्सको नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चको एक हिस्सा र अब्जर्भेटोयर डे पेरिसका खगोलविद् पास्क्वाले पानुज्जोले भने, ‘कसैले पनि उच्च द्रव्यमानको ब्ल्याक होलनजिकै लुकेको अहिलेसम्म पत्ता लगाएका थिएनन्, फेला पार्ने आशा पनि गरेका थिएनन्, यो खोजको प्रकार हो जुन तपाईंले आफ्नो अनुसन्धान जीवनमा एक पटक गर्नुहुन्छ।’

Tags: