post-slider post-slider

टिकटक नबनाउन मातहतका कर्मचारीलाई गृह मन्त्रालयको निर्देशन

Image
A A

काठमाडौं- गृह मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यलय समयमा टिकटक नबनाउन  निर्देशन दिएको छ । 

मन्त्रालयको गुनासो शाखाले विज्ञप्ति जारी गर्दे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल हज समितिको सचिवालय,  महाशाखा शाखाहरु, सबै, गृह मन्त्रालय, सबै विभाग, सबै प्रजिअ, जिल्ला प्रशासन कार्यालय, सबै इलाका र सीमा प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिएको हो । 

‘गृह मन्त्रालयमातहत कार्यरत केही वरिष्ठ अधिकारीहरुले अनुपयुक्त, अव्यवसायिक गतिविधि तथा पदको गम्भीरता र महत्वलाई ध्यान नदिइ टिकटकमा अनावश्यक र उत्श्रृङ्खल किसिमका भिडियोहरु पोस्ट गर्ने गरेको  गुनासो प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ।

विगतमा पनि पटकपटक यस्तै प्रकृतिका गुनासाहरू प्राप्त भएकोले सो सम्बन्धमा कर्मचारीहरुलाई समय समयमा मौखिक जानकारी गराउँदै आए पनि गुनासाहरू आउने क्रम निरन्तर रहेकोले मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारीहरुले पालना गर्न गराउन निर्देशन दिइएको’ विज्ञप्तिमा उल्लेख छ। 

यस्ता छन् मन्त्रालयले जारी गरेका निर्देशनहरुः

१. कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोशाकमा टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने

२. सरकारी सवारी साधनको प्रयोग गरी टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने,

३. कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारवाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जाल मार्फत सेयर नगर्ने नगराउने

४. कार्यालयको काम कारवाहीको विवरण जानकारी गराउँदा, सार्वजनिक गर्दा व्यक्तिगत प्रचार प्रसार र जस लिने आशयले नगर्ने

५. आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेको जस्तो देखिने गरी व्यक्तिगत सञ्जालहरुमा समेत नराख्ने

६. सार्वजनिक पद गरेका सबै राष्ट्रसेवक कर्मचारीहरुले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु सामाजिक सञ्जालमा नराख्ने

७. माथि उल्लेखित बुँदाहरु कार्यान्वयन भए नभएको सम्बन्धमा मन्त्रालयबाट सुक्ष्म अध्ययन एंव अनुगमन समेत गरिनेछ 

Tags: