post-slider post-slider

मापसे गरेका गायक राजेशपायल राई पक्राउ

Image
A A

काठमाडौं- मदिरा पिएर हो-हल्ला गर्दै हिँडेको आरोपमा गायक राजेशपायल राई पक्राउ परेका छन्।

बिहीबार बिहान करिब २ बजेतिर राईलाई बानेश्वर प्रहरीले क्राउ गरेको हो।

शान्ति सुरक्षामा खलल पुर्‍याएको पाइएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

राईको साथमा रहेका अन्य केही युवासमेत पक्राउ परेको बताइएको छ। काठमाडौं परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले राई पक्राउ परेको बताए।

Tags: