post-slider post-slider

दुर्गा प्रसाईंलाई हतियार राख्न दिइएको अनुमतिमाथि छानबिन समिति

Image
A A

काठमाडौं- झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न इजाजत दिएको विषयमा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।

मन्त्रालयले बिहीबार सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा छानबिन समिति बनाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

समितिमा मन्त्रालयका कानुनतर्फका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई, गृह मन्त्रालयका उसपसचिव एकदेव अधिकारी छन्।

जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईंको नाममा इजाजत पत्र दिइएको थियो। 

इजाजत नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजत पत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको भट्टराईले बताए।

समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

गत चैत ५ गते हतियार लिएर प्रवेश गर्न खोजेपछि प्रहरीले प्रसाईंका सुरक्षा गार्ड भनिएका दीपक खड्का र राजकुमार धिमाललाई पक्राउ गरेको थियो।

प्रसाईंका बडिगार्डले आधुनिक हतियार बोकेका थिए। उक्त हतियार देशभर बोक्न अनुमति दिइएको थियो। उक्त हतियार व्यक्ति सुरक्षाका निम्ति कति आवश्यक हो होइन भन्ने विषयले गृह प्रशासनमा तरंग आएको थियो।

Tags: