post-slider post-slider

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा, खनालसहित २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं, चैत १५- मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिदमा अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोतम खनालसहितका व्यक्तिविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मुद्दा दायर हुनेमा पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्र छन्

यसैगरी, प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक सन्दीप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध मुद्दा दायर भएको छ।

उनीहरूसँग ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो, जरिवाना तथा जेल सजाय माग गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

 

Tags: