post-slider post-slider

चर्चित टेलिभिजन अभिनेता ऋतुराजको हृदयघातका कारण मृत्यु

Image
A A

टेलिभिजन अभिनेताका रूपमा चर्चित कलाकार ऋतुराज सिंहको निधन भएको छ।

५९ वर्षीय ऋतुराजलाई गए राति हृदयघात भएको थियो। उनी प्यान्क्रियाज सम्बन्धी रोगबाट पीडित थिए र अस्पतालमा भर्ना भएका थिए। 

ऋतुराज पछिल्लो पटक ‘अनुपमा’ मा देखिएका थिए ।

ऋतुराजले सन् १९८९ मा रिलिज भएको टेलिफिल्मबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए । यसपछि उनले चर्चित टीभी शो 'तोल मोल के बोल' होस्ट गरे। यस बाहेक उनी 'ज्योति', 'सीआईडी', 'अदालत', 'दिया और बाती हम' लगायत धेरै टीभी शोहरूमा देखिएका थिए। उनको अन्तिम टीभी शो रुपाली गांगुली स्टारर 'अनुपमा' थियो। जसमा उनी यशपालको भूमिकामा देखिएका थिए।

टीभी बाहेक, ऋतुराजले 'बद्रीनाथ की दुल्हनिया', 'सत्यमेव जयते २' र 'यारिया' जस्ता फिल्महरू र 'क्रिमिनल जस्टिस', 'बन्दिश ब्यान्डिट्स' र 'मेड इन हेभेन' जस्ता वेब शोहरूमा पनि काम गरेका थिए।

Tags: