post-slider post-slider

स्पेनिस ला लिगा : रोड्रिगोको २ गोलमा रियल विजयी

Image
A A

काठमाडौं (एजेन्सी) - स्पेनिस ला लिगा अन्तर्गत सोमबार बिहान राति सम्पन्न खेलमा रियल म्याड्रिड विजयी भएको छ।

उसले एथलिट क्लबलाई २-० गोलले पराजित गरेको हो।

रियलका लागि दुबै गोल ब्राजिलियन फरवार्ड रोड्रिगोले गरेका थिए। उनले खेल सुरू भएको ८ मिनेटमै टिमलाई अग्रता दिलाएका थिए।

पहिलो गोल उनले ब्राजिम डियाचको पासमा गरेका थिए। दोस्रो हाफको ७३ मिनेटमा रोड्रिगोले अर्को गोल थपे। जुडे बेलिंघमको पासमा उनले दोस्रो गोल गरेका थिए।

जितसँगै उपाधि होडमा अग्रस्थानमा रहेको रियलको ३० खेलमा ७५ अंक छ। पराजित एथलेटिक क्लबको समान खेलमा ५६ अंक छ।   

Tags: