post-slider post-slider

तीन जना मन्त्रीले लिए शपथ

Image
A A

काठमाडौँ - तीन जना मन्त्रीले शपथ लिएका छन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार शपथ ग्रहण गरेका हुन्। एमालेबाट पदम गिरी, नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन्। 

उनीहरूलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्। 

नयाँ सत्ता समीकरण बनेसँगै एमाले र रास्वपा सरकारमा सहभागी भएको छ भने जसपा पनि नयाँ बनेको गठबन्धनमा सहभागी छ। शपथ लिएका मन्त्रीहरूको भने पछि जिम्मेवारी तोकिने जनाइएको छ। 

Tags: