post-slider post-slider

ठमेल वैशाख १ गतेदेखि २४ सैं घण्टा खुल्ने

Image
A A

काठमाडौँ - काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ। 

ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको जानकारी दिएको छ।

नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी गरिएको छ।

सुरक्षा र अन्य व्यवस्थापन जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने भएको छ। पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवम् सुरक्षा व्यवस्थापन मापदण्ड बनाएर लागू गर्ने तयारीमा प्रशासन रहेको छ। 

रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन्।

परिषद्ले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सैँ घण्टा रात्रिकालीन व्यवसाय खुला गर्ने तयारी गरेको छ। ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिने भएको छ। 

Tags: