post-slider post-slider

कीर्गिजस्तानमा पहिलो नेपाली रेस्टुरेन्ट सञ्चालनमा

Image
A A

कीर्गिजस्तान-  फेब्रुअरी ६ तारिखका दिन कीर्गिजस्तान मा राष्ट्रिय समन्वय परिषद् कीर्गिजस्तान (एनसिसी कीर्गिजस्तान)का अध्यक्ष डा. किशन भण्डारीले पहिलो (एभरेस्ट द क्याफे) नामक नेपाली रेस्टुरेन्ट सञ्चालकनमा ल्याएका छन्।

उक्त कार्यक्रम कीर्गिजस्तानका पर्वतारोहण महासंघका अध्यक्ष तथा दोस्रो प्रसिद्ध कीर्गिज सगरमाथा आरोही एडवर्ड कुबाटोभद्वारा पानसमा बत्ती बालेर उद्धघाटन गरिएको थियो।

मे २३,२०२१ मा नेपालमा गरेको ट्रेकिङको अनुभवबारे आरोही एडवर्ड कुबाटोभले आफ्नो अविस्मरणीय क्षणहरुको वर्णन गरेका थिए।

नेपालको कला,संस्कृति तथा पयर्टक क्षेत्रलाई कीर्गिजस्तानमाझ चिनाउनको लागि नेपालको विश्व प्रसिद्ध उच्च हिमाल सगरमाथा (एभरेस्ट द क्याफे) नामक नेपाली खानाका स्वाद तथा परिकारलाई कीर्गिजस्तानमाझ नेपाली पन दिएर प्रस्तुत गर्न उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक डा. किसन भण्डारीले जानकारी गराए।

Tags: