post-slider post-slider

कोशी प्रदेशमा हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

Image
A A

विराटनगर- कोशी प्रदेशमा सरकार परिवर्तनको खेल सुरू भएको छ।

माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका छन्।

एमाले र मावोवादीसहितका दलले मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष निवेदन दिएका हुन्। 

निवेदनमा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई बैकल्पिक सरकारको मुख्यमन्त्री बनाउन समेत आग्रह गरिएको छ।

गत आश्विन २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सांसदसहित ४७ जनाको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तर, कात्तिक १ मा विश्वासको मत दिएको माओवादी केन्द्र तथा एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको दाबी गरिएको छ।

एमाले र माओवादीका बहुमत ५३ जना सांसदले वैकल्पिक सरकार गठनको प्रक्रिया सुरू गर्न प्रदेश प्रमुखलाई निवेदन दिएका छन्।

यता, मुख्यमन्त्री कार्कीले भने प्रदेशको आगामी अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस गरेका छन्।

कोशी प्रदेश सरकारको तर्फबाट बजेट अधिवेशन जेठ ११ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको हो।

सत्ता साझेदार दलहरूले सरकार परिवर्तनको प्रक्रियामा गएकै बेला मुख्यमन्त्री र कार्कीले प्रदेश सभाको बजेट अधिवेशन बोलाउन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका हुन्।

कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की प्रदेश सभामा अल्पमतमा पुगेका छन्। उनलाई समर्थन गरेको एमालेका प्रदेश सभा सदस्यहरूले समर्थन फिर्ता लिएका छन् भने माओवादी केन्द्र समेत सरकारबाट बाहिरिएको छ।

Tags: