post-slider post-slider

जनकपुरको राजदेवी मन्दिरमा १५ हजारबढी बोकाबलि

Image

जनकपुरधाम- जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजारबढी बोकाबलि भएको छ।

आइतबार महाष्टमीको राति राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाबलि भएको हो।

राजदेवी मन्दिरमा वर्षको एकपटक महाष्टमीको रातिमात्रै बोकाबलि हुने गरेको छ।

आइतबार राति ८ बजेर २३ मिनेटमा सुरू भएको बोकाबलि बिहान ४ बजेर ५ मिनेटसम्म चलेको थियो।

बोकाबलिका लागि जनकपुरधाम आसपासका साथै अन्य जिल्ला र भारतबाट समेत श्रद्धालुहरू आउने गरेका छन्।

भाकल गरेका साथै कतिपयले श्रद्धापूर्वक राजदेवी मन्दिरमा बोकाबलि दिने गरेका छन्।

राति हुने बोकाबलिका लागि श्रद्धालुहरू दिउँसै लाइन लागिसकेका थिए।

बोकाबलिलाई व्यवस्थित रूपमा सम्पन्न गर्न दसैंमा राजदेवी मन्दिरमा पूजा व्यवस्थापन गर्दै आइरहेको महावीर युवा कमिटीका साथै राम युवा कमिटी तथा अन्य स्थानीय युवा क्लबका प्रतिनिधिहरू सहभागी भएका थिए।

 

Tags: