post-slider post-slider

युरोकप खेल्ने २४ देशको लाग्यो टुंगो

Image
A A

काठमाडौं, चैत १४- जर्जिया, युक्रेन र पोल्याण्ड युरो कप २०२४ मा छनौट भएका छन्।

मंगलबार राति सम्पन्न युरो कप छनौटका प्लेअफ खेलमा जित हसिल गर्दै जर्जिया, युक्रेन र पोल्याण्डले युरो कपमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

युक्रेनले आइसल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, पोल्याण्डले वेल्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै जित हासिल गरेको थियो।

त्यस्तै, जर्जियाले ग्रीसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै युरोकपमा पुगेको थियो।

यो सँगै ग्रीस, वेल्स र आइसल्याण्ड युरो कपमा छानिन असफल भएका छन्।

यसका साथै युरोकप खेल्ने २४ देशको टुंगो लागेको छ। पोल्याण्ड समूह डी मा नेदरल्याण्ड्स, अस्ट्रिया र फ्रान्ससँग रहने छ भने युक्रेन समूह इ मा बेल्जियम, स्लोभाकिया, रोमानियासँग रहने छ।

त्यस्तै, युरोकपको समूह ए मा आयोजक जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीजरल्याण्ड रहेका छन् भने समूह बी मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन्।

त्यसैगरी, समुह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् भने समूह एफमा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक रहेका छन्।

युरो कप आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुँदैछ।

Tags: