post-slider post-slider

नयाँ मन्त्रीमण्डलमा को-को बन्दैछन् मन्त्री?

Image
A A

काठमाडौं, २१ फागुन - नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित नयाँ गठबन्धनले आज सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्।

गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रीमण्डल गठन गर्ने तयारी गरेको छ।

गठबन्धनको बैठक बालुवाटारमा जारी छ। आज चार जना नयाँ मन्त्री नियुक्त हुने गठबन्धनको तयारी छ।

नेकपा एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने निश्चित भइसकेको छ। रास्वपा र जसपालाई पनि मन्त्रीको नाम पठाउन प्रधानमन्त्री पुष्पकमल दाहालले अनुरोध गरेका छन्।

पुरानो सबै सेट फेरेर नयाँ मन्त्रीमण्डल बनाउने प्रधानमन्त्री दाहालको तयारी छ।

रास्वपाले उपप्रधानसहित गृह मन्त्रालयको दाबी गरिरहेको छ। जसपाले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने सम्भावना छ।

पुन अर्थ वा ऊर्जामध्ये एक मन्त्रालयमा जाने सम्भावना रहेको बताइएको छ।

गठबन्धनमा राप्रपा भने तत्काल नरहने भएको छ। राप्रपाले अहिले सत्ताकेन्द्रित राजनीतिमा नरहेको स्पष्ट पारेको छ।

Tags: