post-slider post-slider

विश्वका धनी व्यक्तिको सूचीमा चौथो स्थानमा झरे एलन मस्क

Image
A A

काठमाडौँ - विश्वका धनी व्यक्तिहरूको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन्।

उनको कम्पनी टेस्लाको सेयर बजारमा लगातार मूल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन्।

ब्लूम्बर्गको बिलिनियार्स इन्डेक्सका अनुसार अहिले विश्वको धनि व्यक्तिको सूचीमा बेर्नार्ड आर्नाल्ट रहेका छन्। उनको कुल सम्पत्ति २२३ बिलियन डलर रहेको छ।

त्यस्तै, दोस्रो स्थानमा जेफ बेजोस रहेका छन्। उनको कुल सम्पत्ति २०७ बिलियन डलर रहेको छ।

त्यसैगरी, यस सूचीमा फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग तेस्रो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति १८७ बिलियन डलर रहेको छ। उनले २०२० पछि मस्कलाई जितेका छन्।

यस सूचीमा चौथो स्थानमा झरेका मस्कको सम्पत्ति १८१ बिलियन डलर रहेको छ। मस्कको एक वर्षमा ४८.४ बिलियन डलर सम्पत्ति घटेको छ।

त्यस्तै, यस सूचीमा पाँचौं स्थानमा १५३ बिलियन डलर सम्पत्तिसहित बिल गेट्स रहेका छन्।

त्यस्तै, भारतका मुकेश अम्बानी ११२ बिलियन डलर सम्पत्तिसहित यस सूचीमा ११औं स्थानमा रहेका छन् भने भारतकै गौतम अडानी १०४ बिलियन डलर सम्पत्तिसहित १४औं स्थानमा रहेका छन्।

Tags: