post-slider post-slider

२३ वर्षअघि नुवाकोटमा हत्या गरेर फरार भएका व्यक्ति काठमाडौंमा समातिए

Image
A A

काठमाडौं, फागुन २२ - प्रहरीले कर्तव्य ज्यानमुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ ४४ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन्।

उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट सोमबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

उनी २०५७ साल माघमा भएको कर्तव्य ज्यानमुद्दामा फरार थिए।

ब्युरोका अनुसार २०५७ साल माघ १६ गते नुवाकोट साबिक ध्याङफेदी गाविस-३ का छेवाङ तामाङको हत्या भएको थियो।

घरको आँगनमा नाचगान गरिरहेको अवस्थामा प्रेमबहादुरसहितका व्यक्तिले आपसी झगडाको विषयमा खुकुरी प्रहार गरी हत्या गरेका थिए।

हत्या गरेर  उनी फरार रहेका उनी माकलबारीमा लुकिछिपी बसिरहेका थिए। ब्युरोले उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरि कार्यालय नुवाकोट पठाएको छ।

Tags: