.png)

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं- देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। विभिन्न क्षेत्रमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोसी, मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, मधेस, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेकाले आज नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने विभागको भनाइ छ। त्यसैले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।
मनसुनको अहिले न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) रहेको छ। यसका साथै भारतको विहारको उत्तरपश्चिम भू–भाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको विभागले जनाएको छ।