post-slider post-slider

कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने

Image
A A

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ।

यसअघि उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक मंगलबार र बुधबार अनिर्णीत बनेको थियो।

संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो।

कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम-२ मा मुख्य प्रत्यासीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ। सभापति शेरबहादुर देउवा भने यसमा सहमत हुन सकेका छैनन्।

कांग्रेस संसदीय बोर्डको बैठक आज बिहान ९ बजेका लागि बोलाइएको छ। यसैगरी, दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने छ । 

Tags: